२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

आजदेखि निर्वाचन आचारसंहिता हट्यो

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) १७९३ पाठक संख्या

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि देशभर लागू भएको आचारसंहिता आज ९सोमबार०देखि हटेको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा २ बमोजिम मुलुकभर लागू रहेको आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने आयोगले निर्णय गरेको हो ।

आचारसंहिता निष्क्रिय भएकोबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।

नेपाल सरकारले गत साउन १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा ९१० बमोजिम संवत् २०७९ साल मंसिर ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको थियो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ​नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस