२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

समानुपातिकमा एमालेले कटायो १० लाख मत, कसको कति

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ९२१ पाठक संख्या

समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ ।

काठमाडौं । निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ।

माओवादी चौथो स्थानमा छ। उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५ हजार ५६ मत आएको छ।

जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ। नेकपा एकीकृत समाजवादी पार्टी सीके राउतको जनमत पार्टी भन्दा पछाडी छ उसको ७१ हजार २ सय १४ मत छ भने जनमतको ७५ हजार मत आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस