२०८२ आश्विन २९, बुधबार
नयाँ
पछिला अपडेट

कांग्रेस केन्द्रीय सदस्यमा देवकरण प्रसाद कलवारको उम्मेदवारी घोषणा

२०७८ मंसिर २४, शुक्रबार प्रकाशित ( साल अघि) १४८२ पाठक संख्या

परासी । संविधान सभाका सदस्य देवकरण प्रसाद कलवारले ( सन्तु ) नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कलवारले मधेशीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मधेशी समुदायका साथै किसान वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिन लागेको कलवारले बताए।

गरिब किसानको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनको भनाइ छ । सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएको कलवारले बताएका छन् ।

“सबैको सल्लाह, सुझावअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु”, उनले भने, “सबै महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहनेमा ढुक्क छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस