२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल र भीम रावललाई गरे कारवाही, ६ महिना निलम्बन

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) २०३४ पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

पार्टी विरुद्ध गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि निलम्बन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘पार्टीको हित र एकता विरोधी गतिविधि गरेकाले निलम्बन गरिएको हो,’ थापाले भने।

पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको थापाको भनाई छ। केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्रीलाई अधिकार दिएकाले त्यहीँ अनुसार कारवाही भएको उनले बताए।

यसअघि प्रधानमन्त्री ओलीले नेपाल र रावलसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए। नेपाल र रावलले ओलीलाई नै प्रतिप्रश्न गर्दै जवाफ फर्काएका थिए। बालुवाटारको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल र रावलको जवाफ कारवाहीको भागिदारयोग्य रहेको बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस