२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

‘ओलीलाई धन्यवाद तर असफल पार्छौं’- नेता भूसाल

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले यस्तो दाबी गरेका हुन् ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ ।’

भुसालले लेखेका छन्, आजको घटनाबाट वहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।’

ओलीले शुक्रवार केन्द्रीय कमिटीको बैठक राखेर उपमहासचिव भूसालसहित माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस