२०८२ जेष्ठ ३१, शनिबार
नयाँ
पछिला अपडेट

माओवादी केन्द्रबाट आएका नेतालाई ओलीले काखी च्यापे, नेपाल पक्षको जिम्मेवारी खोसियो

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) १६०३ पाठक संख्या

काठमाडौं । नेकपा ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको फैसलापछि पनि आफ्नो साथ छोडेर नगएका माओवादी केन्द्रका नेताहरुलाई काखी च्यापेका छन् ।

बुधबार वालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय कमिटि बैठकमा छलफल गरेर उनले आफूतिर आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्यले जानकारी दिए।
त्यस्तै ओलीले माधवकुमार  नेपाल पक्षमा रहेको नेताहरुको जिम्मेवारी पनि खोसेका छन् ।

बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई  नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस