२०७९ मंसिर ११, आईतबार
नयाँ
पछिला अपडेट

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे प्रचण्ड र देउवाबीच छलफल

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

काठमाडौं २५ फागुन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता आज साँझ भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ ।आजमात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । त्यसकै लागि प्रचण्ड आज देउवा निवास पुगेको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस