२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

एमालेसँग वार्ता गर्न जसपाले बनायो दुई सदस्यीय वार्ता टोली

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्य लगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको २ सदस्यीय वार्ता टोलीले एमाले सँग अब कसरी अगाडी बढ्ने भनेर छलफल गर्ने छ ।
उता, नेकपा एमालेले पनि नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल, राजन भट्टराई रहेका समिति बनाएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

त्यसअघि नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले पनि जसपासँग वार्ता गर्ने निर्णय गरेकाे थियाे । सत्ता समिकरण जाेगाउन अाेली पक्ष जसपाकाे साथ चाहन्छ भने नेकपा माओवादी केन्द्र पनि जसपासँग सहकार्य गर्न खाेजिरहेकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस