२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कस्तो छ कांग्रेस नेता नविन्द्रराज जोशीको पछिल्लो स्वास्थ्य अवस्था ?

२०७७ फागुन १६, आईतबार प्रकाशित ( साल अघि) १३३६ पाठक संख्या

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। उनको उपचारमा संलग्‍न चिकित्सकका अनुसार जोखिम भने अझै हटिसकेको छैन ।

नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार दायाँतर्फको हातखुट्टा चल्ने क्रम बढेको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले जानकारी दिएका छन् ।

उनका अनुसार दायाँ साइडको हातखुट्टाको मुभमेन्ट बढी भएको बताइएको छ । उनले भने, “तर, बायाँतर्फको भाग भने अझै पनि चलेको छैन । टाउकामा जमेको धेरै भएको पानी, रगत निस्किरहेको देखिन्छ।”

यसअघि नर्भिकमा भर्ना भएदेखि उनलाई लगातार बेहोस पार्ने औषधि राखेर उपचार जारी राखिएको थियो । शनिबार बिहान डेढ घण्टा जति बेहोस पार्ने औषधि नलाइ हेर्दा उनले दाहिने हात र खुट्टा चलाएको डा. झाले बताएका थिए ।

टाउकोमा जमेको पानी र रगत फाल्न उनको शल्यक्रिया गरिएको थियो । तर, अहिले नै उनको अवस्था कस्तो हुन्छ भन्‍न नसकिने डा. झाले बताएका छन् ।

नेता जोशीलाई शुक्रबार बिहान १ बजेतिर मस्तिष्कघात भएको थियो । मस्तिष्क घात भएपछि जोशीलाई राति नै वीर अस्पताल पुर्‍याइएको थियो । वीरमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक लगिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस