२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्दछ – शेरबहादुर देउवा

२०७७ फागुन ११, मंगलबार प्रकाशित ( साल अघि) १०६१ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतबाट १३ दिनभित्र बैठक बस्ने गरी प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले संवैधानिक दायित्व पूरा गरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै देउवाले भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।’

उनले संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै रहेको बताए ।

‘सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस