२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेससँग पैसा छैन जुलुस निकाल्‍न सक्दैन : शेरबहादुर देउवा

२०७७ फागुन ६, बिहिबार प्रकाशित ( साल अघि) १०४५ पाठक संख्या

पोखरा, ६ फागुन : फागुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग पैसा अभावका कारण जुलुस पनि निकाल्न नसक्ने बताएका छन् ।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कांग्रेससँग जुलुस गर्न पैसाको अभाव रहेको सुनाए ।

‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, आन्दोलनमा क्रियाशीलहरु आउ भन्दा आउँदैन ।’ देउवाले आफूहरु अदालतको सम्मान गर्ने र अदालतकै निर्णय कुरिरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेपनि आफूहरुलाई अदालतकै फैसला स्वीकार्य हुने बताए । ‘जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्‍न हुँदैन, अदालतकै फैसला स्वीकार्य हुनेछ,’ उनले भने ।

संसद पुनस्थापना हुनुपर्ने वा नपर्ने भन्नेमा ओलीले देशमै ध्रुवीकरण ल्याएको देउवाको भनाइ थियो । यस अवस्थामा कांग्रेसले तत्काल कुनै प्रक्रिया नथाल्ने र अदालतलाई नै मान्‍ने बताए ।

‘अदालतले पुनस्थार्पना गर भने पनि, चुनाव गर भनेपनि कांग्रेसले स्वीकार्छ,’ उनले भने । यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नराखी नेतृत्वले आन्दोलनमा जान सक्नुपर्ने बताए ।

अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ हामी किन चुप बस्ने ?’ उनले भने । देउवा बोलेर सकेपछि बोलेका नेता पौडेलले कांग्रेस नेतृत्वले कार्यकर्तामा ‘कन्फ्युजन’ ल्याएको पनि बताए । नेता पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिए । ‘पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने ?’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस