२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासीमा ७३ जना काङ्ग्रेसमा प्रवेश गरे

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित ( साल अघि) १०३३ पाठक संख्या

नवलपरासी, ८ असोज । पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउँपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र  पार्टी प्रवेश कार्यक्रम सम्पन्न नेकपा, जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका छन् ।

कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्र कण्डेलको प्रमुख आतिथ्यतामा जिल्ला सभापति बिष्णु पौडेलको बिशिस्ट आतिथ्यता जिल्ला सह-सचिब एवम जिसस प्रमुख शिव शंकर राय, जिल्ला सद्स्य, केन्द्रिय विभाग सदस्य लगायत नेता कार्यकर्ताको समुपस्तिथिमा सम्पन्न भएको छ ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७३ जनालाई पार्टी प्रवेश सहित प्रमुख अतिथीबाट पार्टी सदस्यता हस्तान्तरण  गरिएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस