२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

रातो रंगमा खुलेको गरिमाको सुन्दरता

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) १४२६ पाठक संख्या

काठमाडौं । नायिका गरिमा पन्त अहिले वेल्जियममा छिन् । वेल्जियममा व्यवसाय गर्दै आएका हरि सिलवालसँग लगनगाँठो कसेकी गरिमा पछिल्लो समय फिल्म क्षेत्रमा कम व्यवसायमा बढि समय दिइरहेकी छन् ।

कोरोनाका कारणले फिल्म क्षेत्र ठप्प रहेको बेला उनीभने चैं सामाजिक काम र सामाजिक सञ्जालमा छाइरहेकी छन् । यस्तैमा गरिमाले आज फेसवुकमा रातो रंगको वानपिसमा सजिएर तस्विर खिचाएकी छन् । उनी रातो पहिरनमा झनै सुन्दर देखिएकी छन् । फेसवुकमा तस्विर शेयर गर्दै उनले लेखेकी छन्–‘यसपालि त यस्तै भयो अर्को साल भेट्म्ला, कोरोना जितेर तिज मनाम्ला । सुरक्षित रहौ । सचेत रहौ। हरितालिका तिजको शुभकामना’

नायिका गरिमा र श्रीमान हरि सिलवाल नेपाल आउँदा पनि चर्चामा रहन्छन् । दुवै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेकाले मिडियामा छाइरहन्छन् ।

सती प्रथामा आधारित चलचित्र झोलामा गरिमाले गरेको सजिव अभिनयको अहिले पनि तारिफ हुने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस