२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

हाँस्य कलाकार बिमल पाठकको नयाँ सिरियल “पिडालु दिमाग” भोलिदेखि ग्लोबल टिभी एचडीमा  

२०७८ भाद्र २०, आईतबार प्रकाशित ( साल अघि) २४२८ पाठक संख्या

कावासोती । हाँस्य सिरियल “पिडालु दिमाग” भोली देखी विभिन्न च्यानलमा सार्वजनिक हुने भएको छ ।

समसामयिक बिषय बस्तुमा आधारित टेलि सिरीयल पिडालु सोमबार बेलुका देखी नै ग्लोबल टिभी एचडी र समग्र ईन्टरनेटमेन्टमा प्रसारण हुने भएको हो ।

उक्त हाँस्य टेलि सिरियल हरेक सोमबार बेलुका साढे ८ बजे गोलोबल टिभिमा र ९ बजे समग्र ईन्टरनेटमेन्टमा प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुनेछ ।

हाँस्य कलाकार बिमल पठाकको प्रस्तुतिमा रहेको उक्त टेलि सिरियलमा भने स्वयम् आफैले निर्देशन गरेका छ्न ।

प्रकाश कंडेलको कथा रहेको सिरीयलमा कलाकार बिमल पाठक , प्रकाश कंडेल , अशोक पाण्डे, उमा पाठक , गुरांस ढकाल , नम्रता शर्मा , तुलसा पठाक, धन बहादुर राई रहेका छ्न । सिरियलको निर्माता भने  दिपक खराल र बिन्दु पाठक खराल रहेका छ्न ।

समाजमा रहेको कुरिती कुसंस्कार र रुढीबादी परम्परालाई अन्त्य पार्दै अहिलेको आधुनिक समय सापेक्ष सिरियल तयार गरेको पाईन्छ।

त्यस्तै कथा लेखन गरिरहेका प्रकाश कंडेल र अशोक पाण्डे भने आफूहरुले लेखेको कथा पृथक भएको बताउछ्न । यस अघिका शृङ्खलाहरु भन्दा अबका दिनमा सिरियल अझ परिस्कृत र उत्कृष्ट बनाउन उनिहरु लागि परेका पाईन्छ ।

दर्शकहरुले हास्य टेलीशृङ्खला पिडालु दिमाग हेरे पश्चात मनोरञ्जन साथै केही सन्देश समेत पाउने उनिहरुको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस