२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रकाश कोइरालाको गाईजात्रा “दुई धार्नीको आलु” सार्वजनिक

२०७८ भाद्र २, बुधबार प्रकाशित ( साल अघि) १७१५ पाठक संख्या

काठमाडौं । विगत लामो समय देखि कलाकारितामा सक्रिय प्रकाश कोइरालाले आफ्नो गाईजात्रा प्रस्तुती “दुई धार्नीको आलु” सार्वजनिक गरेका छन् ।

“पुन्टेमामा” नामक युटुब च्यानलमा अपलोड गरिएको उक्त भिडियोमा प्रकाश कोइराला आफै प्रस्तुत भएका छन् , भने उनलाई अण थापा लगाएत अन्य कलाकारले साथ दिएका छन् ।

उक्त गाईजात्रा भिडियोका निर्माता अण थापा हुन् भने निर्देशक वान्तेगुरु हुन् । देशको बिग्रँदो आर्थिक,सामाजिक, धार्मिक र राजनीतिक अवस्थालाई गाईजात्रा भिडियो मार्फत व्यङ्ग्य गरिएको र उक्त भिडियोले समाजलाई केही संदेश समेत प्रदान गरेको लेखक तथा निर्देशक कोइरालाको भनाई छ।

त्यसै समाजमा रहेका विकृतिलाई गाईजात्रामा देखाउनु मात्र नभई यस्ता विकृतिलाई निर्मूल पार्न पनि केही भूमिका खेल्ने कुरामा आशावादी छन् निर्माता अण थापा।

उक्त गाईजात्रा प्रस्तुति “दुई धार्नीको आलु” छाँयाङकन र सम्पादन भने रवीन्द्र लम्सालले गरेका छन्, उनले विभिन्न चलचित्र, टेली चलचित्र साथै म्युजिक भिडियोमा समेत काम गरिसकेका छन्।

यस गाईजात्राका प्रस्तोता प्रकाश अर्थात् वान्ते गुरुले दुईजिब्रे लगायत अन्य लोकप्रिय हास्य शृङ्खलामा अभिनय गरिसकका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस