२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

जन्मदिनको शुभकामना छोरी….!!!

२०८० मंसिर ४, सोमबार प्रकाशित ( महिना अघि) ५९१ पाठक संख्या

मध्यविन्दु । आज उनको जन्म दिन । म बाबा बनेको र उनि हाम्रो जिन्दगीमा आएको पनि आज ३ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी गुडिया छोरी । हरेक बाबू आमाको निम्ति आफ्ना सन्तानहरुको जन्मदिन निकै महत्वपुर्ण रहन्छ । किनकी हरेकका सन्तान उनिहरुकै रगत पसिना र भावनाबाट सिर्जिएका अमुल्य उपहार हुन् ।

सबै छोरीको भाग्यमा बाबू आमा लेखिएको हुन्छ तर थोरै आमाबाबुहरुको भाग्यमा मात्रै छोरी लेखिएको हुन्छ । यस अर्थमा तिम्रो बाबु आमा हुन पाउनु हाम्रो लागी ठुलै सौभाग्यको कुरा हो । तिम्रो बाबा भएकोमा गौरव महशुस गर्छु म आफैसँग । परिवारमा तिम्रो उपस्थिति साँच्चिकै महत्वपुर्ण छ, छोरी ।

मेरो लागि सबैभन्दा ठूलो दिन २०७७ मसिंर ४ गते बिहिवार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । जतिबेला तिमी हाम्रो घरको सदस्य भएर यस दुनियाँमा आएकी थियौ, त्यो समय मेरा निम्ति महत्वपूर्ण रहेको थियो । तर तिमीलाई पाएर मैले जुन खुशी पाएको थिए, म शब्दमा बणर्न गर्न सक्दिन । त्यो क्षण, त्यो समय मेरो लागि एक्दम हर्षको अनुभूति र सुखद पल थियो । अरुले तिम्रो ममिले छोरा नै पाउछे मेरो मन खिन्न हुन्थे । किन थाहा छ मलाई तिमी जस्तै प्यारी छोरी चाहिएको थियो । छोरा जन्मीयो भने ठूलो भोज भतेर गर्ने, शान भएको भान हुने हाम्रो समाजमा मेरो लागि सन्सारको करोडौं छोरा भन्दा छोरी भन्ने शब्दनै प्यारो लाग्थ्यो ।

त्यस नवलपुर स्वास्थ्य चौकी कोल्हुवामा प्रशुति कक्षभित्र अनमीको साथमा तिम्रो मम्मी गएकी थिइन । तिमीलाई लिन नर्मल रुपमा तिमी आफ्नी मम्मिको पेटबाट निस्कीदै आफ्ना सुन्दर आँखाले पहिलोपटक यो धर्ती नियाल्दा हाम्रो खुशिको कुनै सिमाना थिएन । हामीले हृदय देखि नै तिम्रो आगमनमा खुशी मनाएका थियौ । म जति खुशी थिए सायद त्यो भन्दा कैयौं गुणा बढि खुशी तिम्रो मम्मी थिइन ।

छोरी तिमी सानै देखि सबैकी प्रीय, सन्तोषी, हँसिली र अत्यन्तै ज्ञानि पनि छौ अनि मीठो बोल्न बरदान नै पाएकी छौ । उमेरले सानै भएपनि ति तिम्रा कुराहरु हरेक कुराहरु बुझ्ने एक परिपक्क ब्यक्तीका जस्ता हुन्छन्, यी कुराहरुले मेरो मन फुरुङ्ङ हुन्छ । तिमी धेरै बोेल्ने भएकी छौ । बोल्नु पर्छ, नबोल्ने मान्छेलाई समाजले पनि हेप्छन् । छोरी बोल्ने गर्नु तर अनावश्यक कुराहरु कहिल्यै नबोल्नु । एउटा बाबाको नाताले तिमीलाई जति समय दिनुपर्ने हो त्यति दिन सकीरहेको छैन कारण म तिमी बाट टाढा छु ।

छोरी तिमीलाई यी नजरदेखी टाढा कहिल्यै राख्न नपरोस् । जीवनमा ठूलो भन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहने छ । हाम्रो मात्र होइन सिंगो समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ तिमीलाई ।

फेरि पनि भन्छु छोरी, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, जिन्दगीको बाटोमा आउने हरेक चुनौतीसँग मुस्कुराउदै लड्ने शक्ति मिलोस, तिमीले चालेको प्रत्येक पाईलाले सफलताको शिखर चुम्न सकुन… तिम्री बाबाको तर्फबाट तिमीलाई जन्मदिनको लाखौँ लाख शुभकामना मेरी प्यारी छोरी..!!!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%

प्रतिक्रिया दिनुहोस