२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

सिरियलहरूको भीडमा एक पृथक सिरियल “पीडालु दिमाग”

२०७८ मंसिर २९, बुधबार प्रकाशित ( साल अघि) २१९३ पाठक संख्या

काठमाडौ । केही वर्ष यता देखि नेपालमा टेलि सिरियल निर्माण गर्ने लहर चलेको छ। केही सिरियलहरूमा सफल छन् भने केही असफल । अहिलेको अवस्थामा दिन मै ४ र ५ ओटा भन्दा माथिको सङ्ख्यामा सिरियल प्रसारणमा आउँछन्। सयौं सिरियलहरुको भीडमा एउटा फरक स्वाद पस्किने सिरियलको रूपमा गनिन्छ  पिडालु दिमाग टेली सिरियल।

अहिले १५ औं भाग सम्म प्रसारण भै सकेको पिडालु दिमाग सिरियल ग्लोबल टेलिभिजनमा हरेक सोमबार राति ८: ३० बजे साथै सोही समयमा समग्र इन्टरटेन्मेन्ट युट्युब च्यानल मा प्रशारण भैरहेको छ।

उक्त सिरियलमा बिमल पाठक, प्रकाश कडेल, अनुपम पौडेल, रोशनी सापकोटा, पुष्प अवस्थी,उमा पाठक, तुलसा पाठक, नम्रता शर्मा, शृया शर्मा, सन्देश कुलुङ राई, अशोक पाण्डे, लक्ष्मण अधिकारी लगाएत कलाकारको अभिनय रहेको छ भने अशोक पाण्डे र प्रकाश कडेलको कथा लेखन रहेको छ।

समग्र इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भैरहेको सिरियल पिडालु दिमागको दीपक खराल र विन्दु पाठक खराल निर्माता रहेका छन्। उक्त सिरियल लाई छायाँङ्कन सञ्जय राई र सम्पादक राज कार्कीले गरिरहेका छन्। विगत लामो समय देखि अन्य सिरियलहरुमामा  समेत अभिनय कथा लेखन र निर्देशन गरिरहेका विमल पाठक र अनुपम पौडेल पिडालु दिमाग सिरियलका निर्देशन  रहेका छन् ।

पछिल्लो समय दर्शकको रोजाइमा यो सिरियल पर्ने गरेको र विभिन्न ठाउँहरू बाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्देशन पाठकले बताउनुभयो। दर्शकहरुको सल्लाह सुझाव का साथै फरक कथाबस्तु र समाजको यथार्त झल्काउने गरिएको र आउँदा दिनमा समाजमा रहेका विकृतिलाई हास्यव्यङ्ग्य मार्फत प्रस्तुत गरी त्यलाई सुधारको लागि प्रयास गरिने निर्देशक विमल पाठक र अनुपम पौडेलले बताउनुभयो।

सिरियल पिडालु दिमाग हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।https://youtu.be/FGvVs4G7aMw

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस