२०८३ श्रावण १२, मंगलबार
नयाँ
पछिला अपडेट

युएईमा माघी उत्सव पर्व मनाइने

२०७५ पौष ७, शनिबार प्रकाशित ( साल अघि) १८३३ पाठक संख्या

युएई । थारु कल्याणकारिणी सभा युएईले सातौ वाषिर्क भेला माघी पर्व  मनाउने भएको छ । थारु कला सांस्कृतिक हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको हो ।

‘थारु कला, संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण गर्ने हाम्रो अभियानका साथ जनवरी ११ तारिखमा कार्यक्रम आयोजना हुने बताइएको छ। रेनट्री रोल्ला होटलमा आयोजना हुने कार्यक्रममा नेपालबाट गायक श्रीनिवास चौधरी, केशवराज महतो र भुरभुरा रहर फिल्मको टिम सहभागी हुने आयोजकले जनाएको छ।

हरेक वर्षझैं यसवर्ष पनि थारुहरुको पहिचान झल्किने साँस्कृतिक कार्यक्रम गरिने संयोजक लाल बहादुर चौधरीले जानकारी दिए। चौधरीका अनुसार कार्यक्रममा थारु परिकारहरुको पनि व्यवस्था हुनेछ। साथै उहाँले युएईबासी नेपाली दाजु भाइ तथा दिदीबहिनीलाई कार्यक्रमा उपस्थित हुनका लागि आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : ७ पुष २०७५, शनिबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस