२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु

२०७७ चैत्र ५, बिहिबार प्रकाशित ( साल अघि) १२७० पाठक संख्या

काबुल(सिन्ह्वा)-  अफगानिस्तानको  वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका  थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस