२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

अमेरिका: गोली प्रहारबाट २ जना मारिए, १५ घाइते

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) २६३३ पाठक संख्या

वासिङटन: अमेरिकाको सिकागोस्थित एक पार्टीमा गोली प्रहारबाटदुईजना मारिएका छन् । अरु १५ जना घाइते छन् ।
प्रहरीका अनुसार पार्टी दुई कम्पनीको नामबाट आयोजित थिए ।

सिकागो ट्रिब्युनका अनुसार गोली प्रहारको कारण अझै खुल्न सकेको छैन । घटनामा घाइते हुनेमध्ये २० देखि ४० वर्ष समूहका छन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्ने प्रतिवद्धता जाहेर गरेको छ । साथै घाइते हुनेहरुको बारेमा पनि पूर्ण विवरण सार्वजनिक भएको छैन ।

प्रहरीका अनुसार घटनास्थलमा चारवटा हतियार समेत भेटिएका थिए । यसअघि पनि अमेरिकाका विभिन्न स्थानमा यस्ता प्रकृतिका गोली प्रहार हुने गरेका थिए । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । मृतकको संख्या बढ्नसक्ने पनि प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस