२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १५०६ पाठक संख्या

काठमाण्डौ १८ जेष्ठ । सरकारमा जान तैयारी गरिरहेका जसपाका चार नेताहरु पार्टीबाट निष्काशित भएका छन।

पार्टीको हित विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भटट्राइले जसपा अध्यक्ष महन्त ठाकुर सहित चार नेतालाइ पार्टीबाट निष्कासन गरेका हुन ।

चार नेताहरुमा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो , कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला निष्कासनमा परेका छन ।

सोमबार मात्र बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओली सँग आफुहरु सरकारमा जान तयार रहेको बताएपछि आठ मन्त्री र २ राज्य मन्त्री सहित जसपाको ठाकुर पक्ष सरकारमा जाने तैयारी गरिरहेको थियो ।

चार नेताहरुलाइ पार्टीबाट निष्कासित गरिएको जानकारी निर्वाचन आयोगलाइ दिइ सकिएको जसपाका नेताले बताएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस