२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

मनोरञ्जन क्षेत्रलाई व्यवस्थापन गर्न छुटै कानुनको आवश्यकता

२०८१ जेष्ठ ११, शुक्रबार प्रकाशित ( महिना अघि) ३२० पाठक संख्या

काठमाडौं । मनोरञ्जन क्षेत्र ( दोहरी साझ, डान्सबार , मसाज ,क्याबिन र खाजाघर ) हरूलाई व्यवस्थापन र मर्यादित बनाउन छुटै कानुनको अनावश्यकता परेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन ।

महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा गोदावरीमा भएको ४ दिने कार्यशालामा सहभागीहरूले उक्त कुरा बताएका हुन । मनोरञ्जन क्षेत्रका विद्यमान सवाल र श्रमिकहरूको मानव अधिकार प्रत्याभूत गर्न गठन गरेको पहिचान सञ्जालका सदस्यहरूले श्रमजीवीहरूले न्युनतम पारिश्रमिक समेत नपाउने, समाजिक सुरक्षाको सवाल बहस हुनु पर्ने बताएका थिए ।

करिब ४ दिनसम्म चलेको कार्यशालामा श्रमिकहरूले कानूनको अभाव भएकै कारण यस क्षेत्रलाई हेर्ने दृष्टिकोण र श्रमिकहरू प्रति अमानवीय हर्कत हुने बताए ।

श्रमजीवी महिलाहरूले भोग्नु परेको समस्यालाई ध्यानमा राखी मर्यादित एवं हिंसा रहित वातावरणमा काम गर्न पाउनु पर्ने मौलिक हक सहित मानव अधिकार संरक्षण गर्न र व्यवहारिक प्रत्याभूति गराउनको लागि देशै भरिका मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमजिविहरु लाइ सङ्गठित तथा महिला वादी दृष्टिकोणबाट पहिचान सञ्जालको गठन भएको महिलाको निम्ती महिला मञ्च नेपालकी कार्यकारी निर्देशक सृजना पुनले बताउनु भयो ।
सञ्जालले महिला श्रमिकहरूको क्षमता अभिबृध्दि गर्ने, समन्वय सहकार्य गर्न ,श्रम अधिकार सुनिश्चित गर्न नितीगत रूपमा पैरवी गर्ने लगायतका उदेश्य लिएको छ । कार्यक्रममा मकवानपुर, सुनसरी, काठमाण्डु, चितवन ,कास्की र रूपन्देही जिल्लामा कार्यरत श्रमिक महिलाहरू को उपस्थिती रहेको थियो ।Screenshot_20240523 221707_Microsoft 365 (Office)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस