२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

महिनावारी स्वच्छन्दता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ जेष्ठ ५, शनिबार प्रकाशित ( महिना अघि) ३६८ पाठक संख्या

काठमाडौ । महिनावारीको समयमा स्वस्थ रहन के कस्तो उपायहरु अपनाउनु पर्छ भन्ने बिषयमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।
हामी नेपालको आयोजना र टेवा को आर्थिक सहयोगमा सप्पन्न कार्यक्रममा महिला तथा किशोरीहरुले घर समाजमा अहिलेसम्म पनि महिनावारी लाजको बिषय हो यसबारे बोल्नु हुदैन र उक्त समयमा गर्ने ब्यवहारमा केही हदसम्म परिवर्तन भएको बताएका थिए ।

कार्यक्रममा वाग्मती गाउपालिका वडा ३ का अध्यक्ष नवराज खड्काले,  वडाले यसबारेमा सचेतना दिदै आएको र बजेटको अभावले कार्यक्रम प्रभावकारी हुन नसकेकोु बताउनु भयो ।

Messenger_creation_52271b04 Fa38 468e 9cd5 13ed2af39d17
यसैगरी सोही वडाका स्वास्थ प्रमुख समीर श्रेष्ठले, आउने आर्थिक वर्षमा महिनावारीको बिषयमा प्रत्येक स्कुलहरुमा सचेतना कार्यक्रम गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा वाग्मती गाउपालिकाका शिक्षा शाखा प्रमुख दुधराज लामा जिम्बाले, महिनावारी को कुरा छलफलको बिषय नबनेको र जनमानसमा अहिलेसम्म पनि नकारात्मक धारणा रहेको बताउनु भयो । साथै वाग्मती गाउपालिकामा रहेको ४६ वटा स्कुलमा अध्यनरत छात्रा, छात्र र शिक्षक लगायत सबैलाई जनचेतना आवश्यक रहेको बताउनु भयो।

Messenger_creation_7dc8d2c4 Cfb4 4e1f A20b D0bd5611d8f1
वाग्मती गाउपालिकाको छवेलिमा दुई चरणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको बारेमा हामी नेपाल सस्थाकि अध्यक्ष सबु पौड्यालले पिरियड प्यान्टी र प्रयोग बारे सहभागी हरुलाइ बताउनु भएको थियो । पौडेलले सहभागी किशोरी हरु, महिलाहरुलाइ पिरियड प्यान्टी वितरण गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस