२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

दैलेखमा माइक्रोबस दुर्घटना,२ जनाको मृत्यू

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) १२०८ पाठक संख्या

दमौली । कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीवार दिउँस कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका वडा नक्बर १ स्यालाघाटमा बस दुर्घटनामा परेको हो । कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । एसएमएल गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक राजेश साहु तेलीले जानकारी दिए ।

उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरिक्षक तेलीले बताए । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरिक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ भर्ताका ३८ बर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका वडा नं.८ का २१ बर्षीया कमल विकको मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस