२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा बस र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु

२०७७ चैत्र १४, शनिबार प्रकाशित ( साल अघि) ९६५ पाठक संख्या

चितवन । चितवनमा यात्रीवहाक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भरतपुर महानगरपालिका वडा नम्बर–६, गीतानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार उनकी छोरी विनीसा र मोहनका दाइकी छोरी दिवीसाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ करिब ६ बजेर २० मिनेटमा दुर्घटना भएको थियो । भरतपुर–माडीठोरी सडकखण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना४०प ७०८२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस