२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

भागरथी हत्या प्रकरणमा सफलताः बढुवा भएका २ प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

२०७७ फागुन १३, बिहिबार प्रकाशित ( साल अघि) १३८२ पाठक संख्या

धनगढी , १३ फागुन । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक(असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक सईमा बढुवा गरेको छ भने इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दार पदमा पदोन्नति गरेको हो।

आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।                                                                                                                                                                     यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाको अनुसन्धानमा सक्रिय सहभागिता जनाई अपराधी पक्रन सफल भएको भन्दै डिआइजी सुवेदीसहित ५ जनालाई नगद पुरस्कारसहित सम्मान  समेत गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस