२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कविता तथा अन्तरविद्यालय बाटिका निर्माण प्रतियोगिता गर्दै सल्यानमा वनस्पति दिवस मनाईयो  

२०७८ चैत्र २९, मंगलबार प्रकाशित ( साल अघि) १२९९ पाठक संख्या

सल्यान । हप्ता भरि विभिन्न कार्यक्रम गदै वनस्पति अनुसन्धान केन्द्र सल्यानको २३ औं वनस्पति दिवस तथा ६२ औं वार्षिकोत्सव चैत्र २९ गते सम्पन्न भएको छ । कार्यक्रम वनस्पति अनुसन्धान केन्द्र कपुरकोटमा सम्पन्न भएको हो ।  सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आचार्यले वनस्पति तथा जडीबटुीबाट मुलुकको समृद्धिमा योगदान बढाउन किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

वनस्पतिको अनुसन्धान र नवप्रवद्र्धन राष्ट्रको उन्नयन भन्ने नाराको साथ मनाइएको कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्रलाल पाठकले वनस्पति सम्पदाको खोज तथा अध्ययन अनुसन्धान लगायतका विषयमा प्रस्तुति राखेका थिए । अनुसन्धान केन्द्रले हाल जडिबुडि विकास र वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारि दिए । उनका अनुसार कपुरकोट ३ स्थित मुलपानी वनस्पति उद्यानमा उन्यु प्रजातीहरु र फुल फुल्ने गरी ५५० बढी प्रजातीका वनस्पतिहरु रहेका छन् ।

_DSC2335_compress17

जस अन्तर्गत झण्डै २४५ औषधिय गुण भएका, २०० शोभनिय वनस्पतिहरु, ५५ प्रकारका विदेशी शोभनीय वनस्पतिहरु तथा ४०/४० प्रजातीका उन्यु र सुनगाभाको उद्यानमा संरक्षण गरिएको कार्यालय प्रमुख डा. पाठकले जनाए । वनस्पति दिवसको अवसरमा आयोजना गरिएको कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । जसमा प्रथम स्थान हाँसिल गर्ने जीवनज्योती मा.वि. रिमकी छात्रा भुमिका बुढाथोकी, द्वितीय स्थान हाँसिल गर्ने ने.रा.मा.वि किमुचौरकी छात्रा राधिका बुढा मगर र तृतीय स्थान हाँसिल गर्ने कालिका मावि कपुरकोटकी छात्रा पुष्पा बुढा मगरलाई क्रमशः रु २५००, २०००, १५०० सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यस्तै अन्तरविद्यालय बाटिका निर्माण प्रतियोगितामा उत्कृष्ट जीवनज्योती मावि रीमलाई पनि पुरस्कृत गरिएको थियो ।

_DSC2408_compress97

वनस्पति अनुसन्धान केन्द्रले दिवसको अवसरमा कार्यालयका २ जना कर्मचारीहरु दल बहादुर बुढाथोकी र राधा बढुाथोकीलाई सम्मान पनि गरेको छ । पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसीले सहजिकरण गरको कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख कमल भण्डारी, कालिका मा.वि. कपुरकोटका प्र.अ. चुडामणि केसी, जीवनज्योती मा.वि. रिमका प्र.अ. भुपाल साहु, उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान सदस्य कमल घर्ती लगायत, सामुदायीक वन समूह, बैकका प्रतिनिधी, स्थानीय कृषक लगाएतको सहभागिता थियो ।

_DSC2292_compress33

कार्यक्रममा लेखापाल रेखा बढुाथोकीले स्वागत मन्तव्य राखेकि थिइन् । आयोजित कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले वृक्षरोपण समेत गरेका थिए । सहभागिहरुले जडिबुटिको महत्व बुझाउदै ब्यवसायिक जडिबुटी खेति विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस