२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नक्कली पिसिआर रिपोर्ट बनाईदिने ८ जना कर्मचारी पक्राउ

२०७८ बैशाख ८, बुधबार प्रकाशित ( साल अघि) २७३४ पाठक संख्या

 

काठमाडौं, ८ वैशाख ।

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ पेप्सीगोला बस्ने झापा गौरादह नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर ईमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका-१३ घर भएका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका-६ घर भएका २५ वर्षीय अमन कुमार यादव, काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका-३ घर भएका ३२ वर्षीय वजेश पोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका-१ घर भएका २२ वर्षीय बादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका-५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका-१ घर भएका ४४ वर्षीय डा. खेलानन्द प्रसाद रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १/२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस