२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

सल्यानमा मनाइयो वातारण दिवस

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( महिना अघि) २९६ पाठक संख्या

सल्यान । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि विश्व वातावरण दिवसको अवसरमा “हाम्रो भूमी, हाम्रो भबिस्य” भन्ने मूल नाराका साथ वनस्पति अनुसन्धान केन्द्र सल्यान, कपुरकोट गाउँ पालिका,स्वच्छ सफा नेपाल र दलित बिकास समाजको आयोजना तथा सब डिभिजन कार्यालय, कपुरकोट बजार ब्यवस्थापन समिती, कपुरकोट स्थित सम्पूर्ण बिद्यालय, बित्तिय सस्थाहरु तथा आम जन सहभागितामा ,सचेतना तथा सरसफाइ कार्यक्रम एवं ग्रीन बेल्ट जोन उद्घाटन कार्यक्रम  आज कपुरकोट बजारमा सम्पन्न भएको छ ।

कपुरकोट तल्लो बजार प्रबेश द्वार नजिकै कपुरकोट गा पा अध्यक्षरउपाध्यक्ष ज्युहरुबाट कपुर तथा मालागिरीको विरुवा रोपण गरेर बिहान ७ बजे शुरु भएको सरसफाइ कार्यक्रम बजारका बिभिन्न क्षेत्र सफाइ गर्दै मूलपानी बजार पुगेर सरसफाइ सकेर टुङिएको थियो ।

Messenger_creation_7076387b 6123 4132 98fc 603f033319fe
साथै कपुरकोट गाउँ पालिका जागरण अभियान अन्तर्गत कपुरकोट गाउँ पालिका ब्यवस्थापनमा वनस्पति अनुसन्धान केन्द्र सल्यान र गा पा को सहकार्य तथा सो क्षेत्रमा पर्ने सामुदायिक वन लगायत अन्य सबै सस्थाहरुको सहयोगमा कपुरकोट प्रबेश द्वार नजिकै ट्राफिक चोक देखी मूलपानी बनस्पति उद्यान हुँदै मूलपानी बजार सम्म ( झन्डै ४ किमी ) कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात लगायतका बिरुवा रोपण गरी ( प्लाण्ट गार्ड सहित)  निर्माण गर्न लागिएको ग्रीन बेल्ट जोन को पनि बातावरण दिवस कै दिन पारेर उद्घाटन गरिएको छ। कार्यक्रममा स्थानिय कपुरकोट र मूलपानी बासीको श्वासफूर्त सहभागिता थियो ।

Messenger_creation_6525c6ee 0d1a 4dbc 972e D1cb402e51b4
कार्यक्रममा सहभागिताका लागि समन्वय बिरुवा ब्यवस्थापन वनस्पति अनुसन्धान केन्द्र र पालिकाले गरेका थिए भने चियाखाजा लगायत चाहिने सामग्रीहरुको ब्यवस्थापन स्वच्छ सफा नेपाल र दलित बिकास समाजले गरेको थियो । कपुरकोट वजार र मूलपानी क्षेत्रबाट पलास्ट्किजन्य, बोतल र फलाम जन्य गरि कुल डेड कुन्टल फोहोर संकलन भएको वनस्पति केन्द्रका प्रमुख डा मित्र पाठकले बताए ।

Messenger_creation_22e46e7d 8fee 442d B0a7 Ce06afbe5b8b

विगतका बर्ष भन्दा फरक सरसफाइ कार्यक्रम पश्चात संकलित फोहोरको वर्गिकरण तथा अडिट गर्ने कार्य समेत गरिएको थियो । सो क्रममा गल्ने र नगल्ने फोहोरको छुट्टा छुट्टै ब्यवस्थापनका लागि अभ्यास पनि गरिएको थियो । स्वच्छ सफा नेपालले अडिट कार्यको बारे जानाकारी गराएको थियो। कपुरकोट वजार र मूलपानी क्षेत्रबाट पलास्ट्किजन्य, बोतल र फलाम जन्य गरि कुल डेड कुन्टल फोहोर संकलन भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस