२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा थप २० जनामा कोरोना संक्रमण

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) ११९३ पाठक संख्या

 चितवन,६ भदौ। बागमती प्रदेशको चितवनमा २० जना कोरोना संक्रमित थपिएका छन । भरतपुर कोभीड १९ प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा भरतपुरका १६ सहित २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित ७ पुरुष र ९ महिला भरतपुरको वडा नम्बर २,७,१० र ११ का हुन । उनिहरुको स्वाब अस्पतालबाट लिइएको थियो । रत्ननगरका संक्रमित चितवन मेडिकल कलेजमा उपचाररत थिए । राप्तिमा २ पुरुष र १ महिलामा कोरोना देखिएको हो । उनिहरु क्वारेन्टाइनका हुन।

चितवनबाहेक बाहिरी जिल्लाका १३ जनामा पनि कोरोना पुष्टि भएको छ । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर, मकवानपुर, बारा, पर्सा, रौतहट र बांकेका गरि १३ जना संक्रमित रहेको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस