२०८२ श्रावण २, शुक्रबार
नयाँ
पछिला अपडेट

मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन

२०७९ फागुन ८, सोमबार प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

काठमाडौं । मानव अधिकार वर्ष पुस्तक २०२३ एक कार्यक्रमको विच काठमान्डौमा विमोचन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र द्धारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकको विमोचन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा नेपालमा मानव अधिकारको अवस्था भयावह बन्दै गैरहेको र राजनीतिक दलहरू गैर िजम्मेवार भैरहेको वक्ताहरूले बताएका छन । कार्यक्रममा बोल्दै सिविनकि कार्यकारी निर्देशक सुम्निमा तुलाधरले मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन गरेकोमा इन्सेकलाई बधाई दिदै बालबालिका गौरवका विषय हुन तर राज्यले उनीहरु माथि नै विभेद गरेको बताउनु भयो साथै सडक सँग आवद्ध रहेका र अभिभावक विहीन बालबालिकाको राज्य विहिनताको अवस्था नआउन दिन राज्यनै चनाखो हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी सुशील प्याकुरेलले, लोकतन्त्रको आधार मानव अधिकारको सम्मान हो तर नागरिकले त्यो प्रत्याभूत गर्न नपाएको गुनासो गर्नु भयो । संसद् कानुन बनाउने निकाय हो तर वर्तमान अवस्थामा संसद्ले के कस्तो गर्दैछ हामी सबैले देखि नै रहेको र सांसदहरू जनताप्रति उत्तरदायी नभएको गुनासो गर्नु भयो । प्याकुरेलले राष्ट्रपति प्रति आएको नकारात्मक टिप्पणीको आलोचना गर्दै राष्ट्रपति बारे आएको विवाद उपर वर्तमान सांसदहरुले प्रमुख रुपमा हेर्दै राष्ट्रपति र सरकारको बिचको सम्बन्ध कस्तो हुने भन्ने तर्फ सबै संसद्हरूको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

यसैगरी नर्वेजियन राजदूत टोरन ड्राम्डालले मानव अधिकार वर्ष पुस्तक २०२३ ले उठाएका विषयप्रति सबैले गहिरो रुपमा सोच्नु पर्ने बताउँदै नागरिक जब सुरक्षित हुन्छ तब मुलुक समृद्ध बन्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समयमै वर्ष पुस्तक निकाल्न सफल भएको मा इन्सेकलाई बधाई दिनु भयो । साथै वर्ष पुस्तकले उठाएका समाजिक र राजनीतिक सवालमा सरकार सचेत हुने समेत जिकिर गर्नु भयो । नेपालमा मानव अधिकारको अवस्था शासन प्रणालीमा आधारित हुने बताउदै न्यायपालिकाको हातमा सबै कुरा जाँदा सांसदको काम प्रभावित भैरहेको घिमिरेको भनाई थियो । आफ्नो कार्यकालमा संसद्‌मा बनेका समितिहरूलाई पूर्णरुपमा चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सहभागि सबैलाई धन्यवाद दिदै मानव अधिकार संस्थागत भएको बताउँदै अन्धविश्वासको कारण अहिलेसम्म पनि महिला माथि बोक्सी आरोप लगाउदै यातना दिने काम भैरहेको गुनासो गर्नु भयो । साथै बोक्सी विरुद्ध बनाएको कानुन पालना नभएको गुनासो गर्नु भयो । अर्यालले राष्ट्रीय मानव अधिकार आयोग विवादमा आउनु राम्रो नभएको जिकिर गर्दै आम माफी र मुध्दा फिर्ता लिने अवस्था राम्रो नभएको बताउनु भयो । दलहरू नागरिक प्रति जिम्मेवार नभएको आफु खुशि नियम बनाउदै हिडेको चारै तर भय त्रासको वातावरण सृजना भएको अर्यालको भनाइ थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्रले सन् १९९२ देखि निरन्तर मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ । यस अन्तर्गत एक वर्ष भरि भएका मानव अधिकार उल्लघनका घटनाको अभिलेख राख्ने गरिन्छ । इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लंघन र ज्यादतीका ६ हजार ४ सय ७३ घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको, यस वर्ष मानव अधिकार उल्लघनका १ सय ६१ घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी जम्मा ६ सय २२ जना ज्यादतीका ६ हजार ३ सय १२ घटनामा ५ हजार ९ सय ४४ महिला,८ सय ७ जना पुरुष गरी जम्मा ६ सय २२ जना तथा ज्यादतीका ६ हजार ३ सय १२ घटनामा ५ हजार ९ सय ४४ महिला, ८ सय ७ जना पुरुष र ३ जना यौनिक तथा लैगिंक अल्पसख्यक गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भएको अभिलेख गरिएको कार्यक्रममा बताइएको थियो । यसैगरी यस वर्ष राज्य पक्षबाट पाच जनाको हत्या भएको, यातनाका घटनामा पाँच जना, गिरफ्तारीका घटनामा ८१ ज्ना, जातीय विभेदका घटनामा २२ जना , अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा संगठित हुने अधिमा ४ सय ५ जना , धम्कीका घटनमा २७ जना र कुटपिटका घटनामा ४ सय ४८ जना पीडित भएको अभिलेख गरेको छ ।

यसैगरी, मानव अधिकार वर्ष पुस्तकले सन् २०२२ मा महिला माथि हुने हिंसाका घटनामा ४ हजार २ सय २७ जना पीडित भएको अभिलेख गरेको छ भने मानव बेचविखनका प्रयासका घटनामा २४ जना , घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, कथित बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुव्र्यवहारको घटनामा ४२ जना र बेचविखनका घटनामा २४ जना महिला पीडित भएको अभिलेख भएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस