२०८२ अषाढ १७, मंगलबार
नयाँ
पछिला अपडेट

माघे संक्रान्ति माघि पर्व घ्यु चाकु खाने दिन राष्ट्रिय योग दिवस

२०७९ माघ १, आईतबार प्रकाशित ( साल अघि) १५३३ पाठक संख्या

माघ महिनाको १ गते संक्रान्ति भएकोले माघे संक्रान्ति भनिन्छ, माघे संक्रान्तिको दिन सूर्य धनुबाट मकरमा जाने हुँदा यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

यस दिनदेखि सूर्य उत्तरतिर प्रवेश गर्ने भएकोले उत्तरायण सुरु भएको दिन पनि मानिन्छ ।

यो चाड महाभारतकालमा, रामायणकालमा र अझ प्राचीन वैदिककालमा समेत मनाइन्थ्यो । माघी पर्व विभिन्न जाति तथा समुदायले विभिन्न तरिकाले मनाउने चलन छ । नेपालमा विभिन्न तीर्थ स्थल, नदी पोखरी वा तलाउमा गई विशेष स्नान गरी पूजा अर्चना, तिर्थ श्राद्ध, दानदक्षिणा आदि गरिन्छ । आजको दिनमा विभिन्न प्रकारका मिठाई तिलका लड्डु, मासको खिचडी, मासको फुरौला९बारा०, सेल रोटी, तरुल र कन्दमुलहरू आदि खाने चलन छ । नेपालमा थारु तथा मगर समुदायमा यसलाई विशेष चाडका रुपमा मानिन्छ ।

आज राष्ट्रिय योग दिवस पनि सँगै परेकोले आजको दिनलाई योग दिवस भनिन्छ । सामान्य रुपमा योग भन्नाले शारीरिक व्यायामको अभ्यास भन्ने बुझिन्छ । योग शारीरिक र मानसिक दुबै प्रकारको हुन्छ ।अर्को अर्थमा योग अर्थात् २ वा सो भन्दा बढी विषयलाई जोडेर स्वयंको साथै जगत् हितको लागि कर्म गर्नु हो ्र योग विभिन्न प्रकारका छन् – जस्तैः ज्ञानयोग, भक्तियोग, कर्मयोग आदि ्र शारीरिक रुपमा पनि अनेक प्रकारका योग र आसनहरू बताईएका छन् ्र

माघ १ गतेदेखि दिन पनि लामो हुँदै जाने र रात छोटिंदै जाने गर्छ ।आज माघ १ गते पवित्र गंगा, चितवनको देवघाट, रुरुक्षेत्र रिडी, कालिगण्डकी आसपासका विभिन्न तिर्थस्थल, सुनसरीको बराहा क्षेत्र, नुवाकोटको देविघाट, ललितपुरको शंखमुल आदि क्षेत्रमा स्नान गरी पूजाआाजा गरी दान धर्म गर्ने गरिन्छ ।यो पर्व घिउ, चाकु, तरुल, तीलका लड्डु, चामल भुटेर बनाएको पिठोको झोलिलो परिकार, पालुंगो साग खाएर मनाउने गर्छन् । यी खानेकुरा खाँदा चिसोमा न्यानो हुने शरीर स्वस्थ रहने धारणा रहेको छ, जसको कारण रोगव्याधीवाट मुक्त हुने, दान धर्म गर्यो भने सद्गती प्राप्त हुने अर्थात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने कुरा ईतिहास पुराण आदिमा पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस