२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेशका ३६ क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रमा टुङ्गो

२०७९ मंसिर ७, बुधबार प्रकाशित ( साल अघि) ५४३ पाठक संख्या

प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतमा मंसिर ४ गते भएको निर्वाचनको परिणाम तिव्र गतिमा आउन थालेको छ । गण्डकी प्रदेशको १८ सङ्घीय निर्वाचन क्षेत्रमध्ये मुस्ताङ, मनाङ र तनहुँ –२ को नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने अन्य स्थानको मतगणना अन्तिम स्थानमा पुगेको छ ।

तनहुँ २ बाट शङ्कर भण्डारी, मुस्ताङबाट योगेश गौचन र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भइसक्नुभएको छ । बाँकी १५ सिटको नतिजा अन्तिम चरणमा छ । तर स्याङ्जा २ मा अहिलेसम्म मतगणना हुनसकेको छैन ।

यसैगरी गण्डकी प्रदेशका प्रदेश सभातर्फका ३६ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५ निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । कांग्रेसले हालसम्म १० सिटमा चुनाव जितेको छ भने एमालेले ३ सिट तथा माओवादीले १ सीट र बाँकी अर्को सिट स्वतन्त्रले जितेको छ ।

कांग्रेसले बागलुङका –४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुई वटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १–१ क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको २ वटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जितेका हुन् ।

बागलुङ १ ९क० मा दीपेन्द्रबहादुर थापा, १ ९ख० मा डिल्लीराम सुवेदी, २ ९क० मा जित शेरचन र २ ९ख० मा दोर्णकुमार कुवँर विजयी हुनुभएको छ । यस्तै, गोरखा क्षेत्र नम्बर १ ९ख० मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ ९ख० मा सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । मनाङ ९क० मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ ९क० मा नम्डु गुरुङ र ९ख० मा विकल शेरचनले जित्नुभयो । यस्तै, तनहुँ २ ९ख० मा कांग्रेसकै जित प्रकाश आलेले चुनाव जित्नुभएको छ ।

एमालेले तनहुँ २ ९क० बाट श्यामराजा महत तथा कास्की २ ९क० बाट भीम कार्की र गणेश गुरुङले जित्नुभयो । माओवादीका रेशम जुग्जालीले म्याग्दी ९ख० बाट निर्वाचन जित्नुभयो भने मनाङको ९ख० बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएका राजीव गुरुङ ९दीपक मनाङे० सर्वसम्मत निर्वाचित हुनुभयो । अब गण्डकीमा २१ सिटको नतिजा आउन बाँकी छ ।गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस