२०८० आश्विन १४, आईतबार
नयाँ
पछिला अपडेट

कांग्रेस सभापति जिसी प्रदेश सभा सदस्यमा निर्वाचित

२०७९ मंसिर ८, बिहिबार प्रकाशित (0 महिना अघि) ८६४ पाठक संख्या

गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार मानिएका नेपाली कांग्रेस पुर्वी नवलपरासीका सभापति महेन्द्रध्वज जि।सि। गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन । उहाँ पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १९१० बाट निर्वाचित भएका हुन ।

२०७४ सालको निर्वाचनमा पनि कांग्रेस विजयी भएको यो क्षेत्रमा कांग्रेस जिल्ला सभापति समेत रहेका महेन्द्र ध्वज जिसीले १५ हजार १ सय ३७ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले १३ हजार ९ सय ७ मत प्राप्त गरेका छन । पुर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं।१९१०मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए भने जम्मा खसेको मत ४१ हजार ७ सय ४२ रहेको थियो ।

यस अघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेश सभामा क्रमशः एमालेका पदमा जिसि र लक्ष्मण बहादुर पाण्डे निर्वाचित भएका छ्न भने प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ र दुई तथा प्रदेश सभा १ को १ मा गणना जारी छ । नवलपुर टाइम्स

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस