२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मानिस कुटने डिएसपि माथि छानविन समिती गठन

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) २२८७ पाठक संख्या

जेष्ठ १४ काठमाण्डौ । वीरगञ्जमा एक मानिस कुटने डिएसपि माथि छानविन गर्न समिती गठन गरिएको छ।

वीरगञ्ज महानगरपालिका ८ आर्मि व्यारेक स्थित बुधवार एक सर्जिकल पसल बन्द गराउने क्रममा व्यक्तिले फोटो खिचेको विषयमा पसलका कर्मचारी अहमदलाइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरिक्षक प्रल्लाहद कार्कीले कुटपिट गरेका थिए ।

उक्त कुटपिटको घटना पसलमा रहेको सिसिक्यामरामा कैद भएको र घटना समाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त घटनाको विषयलाइ लिएर प्रदेश २ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब माहानिरीक्षक धिरजप्रताप सिंहले समिती गठन गर्नु भएको हो ।

शुक्रवार प्रहरी कार्यालयले विज्ञप्ती जारी गर्दै प्रदेशका प्रहरीउपरिक्षक कृष्ण प्रसाइको संयोजकत्वमा ३ सदस्यीय समिती गठन गरिएको र प्रहरीको दोष फेला परे प्रहरी नियमावली बमोजिम कारवाहि हुने समेत जनाइएको छ ।

प्रहरी उपरिक्षक प्रल्लाहद कार्कीले बुट र लौरोले कुटपिट गरेको सिसि क्यामरामा देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस