२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

भ्रष्टाचार विरुद्धमा युवा सञ्जालको १५ बुँदे ज्ञापनपत्र

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) २१५६ पाठक संख्या

काठमाण्डौ । भ्रष्टाचारको विरुद्धमा पर्सा स्थित पकाहा मैनपुरका युवाहरुले बुधवार गाउपाँलिकालाई १५ बुदे ज्ञापनपत्र बुझाएका छन।

भ्रष्टाचार विरुद्ध युवा सञ्जालको अगुवाइमा निस्केको दबाबमुलक र्यालीले गाउँपालिका अध्यक्ष विजय चौरसियालाइ ज्ञापन पत्र बुझाएको सञ्जालका अध्यक्ष अकलेश शाले बताउनु भएको छ ।

विभिन्न शिर्षकमा गाउँपालिकामा चमर भ्रष्टाचार बढेको, विकास कार्य न्युन , गुणस्तरीय हिन कार्य र नातावाद कृपावाद हावि भएको भन्दै व्यापक जनगुनासो बढेपछि स्थानीय युवाहरुको सकृयतामा दबाबमुलक कदम उठाउनु परेको सञ्जालका प्रतिनिधि राकेश कुशवाहाले बताउनु भएको छ ।

साथै युवा सञ्जालले मधेश आन्दोलनमा सहादत भएका शत्रुध्घन पटेलकी आमा गाउँपालिका उपाध्यक्ष कुसुम देवी पटेललाइ दोसल्ला ओडएर सम्मान समेत गरेको छ ।

Received_4328496873873604

गाउँपालिका निकटका व्यक्तिहरु र ज्ञापनपत्र बुझाउन गएका युवाहरु विच झडप समेत भएको सञ्जालका राकेश कुशवाहाले बताउनु भएको छ ।गाउँपालिका अध्यक्ष विजय चौरसियाले आफ्ना भाई अजय चौरसियालाइ हावि बनाई कार्यहरु गर्दै आइरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

Received_537155720865260

Received_251759126602489

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस