२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल भारतको दशगजामा रक्षा बन्धन पर्व मनाइयो

२०७८ भाद्र ७, सोमबार प्रकाशित ( साल अघि) ११६५ पाठक संख्या

काठमाण्डौ ।  प्रदेश नम्बर २ स्थित नेपाल भारत सिमानाको दश गजामा दुइ देशका सुरक्षाकर्मीले रक्षा बन्धन पर्व मनाएका छन् ।

सिराहा जिल्लाको सशस्त्र प्रहरी बलको माडर स्थिती बिओपि र भारत जयनगरको महिला विकास मञ्च विचको समन्वयमा रक्षा बन्धन पर्व मनाइएको सिराहा स्थित सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी निलकमल आचार्यले बताउनु भएको छ ।

Received_2976548685966568

आचार्यले , भारतीय सुरक्षाकमीैले नै रक्षा बन्धन पर्व मनाउन प्रस्ताव ल्याएको र प्रस्ताव बमोजिम दुवै देशका महिला सुरक्षाकर्मीले पुरुष सुरक्षा कर्मीलाइ रक्षा बन्धन लगाएको बताउनु भयो , साथै भारतको खालि जमिनमा नेपाली सुरक्षाकर्मी र नेपालको खालि जमिनमा भारतीय सुरक्षाकर्मीले बृक्षा रोपण समेत गरेका छन ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र गिरीले , उक्त कार्यले दुइ देश विचको भाइचार्यालाइ कायम राखेको र जनमानसमा सकारात्मक सन्देश गएको बताउनु भयो ।

फाटो : स्रोत समाजिक सञ्जाल ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस