२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा ३ राउण्ड गोलीसहित युवक पक्राउ

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) १८०५ पाठक संख्या

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस