२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमण

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) ९२४ पाठक संख्या

नयाँदिल्ली, ५ भदौं । भारतमा २४ घण्टामा ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा एकैदिन ६८ हजार पाँच सयभन्दा धेरैमा कोरोना संक्रमित भेटिएको जनाइएको छ । ९८१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २९ लाख चार हजारभन्दा धेरैमा संक्रमित हुँदा ५४ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा ९८५ जनाको ज्यान गएको छ ।

विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार ६१७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा संक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस