२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कोभिड १९ पश्चात गन्तव्यविहीन यात्रामा रहेका बालबालिकाको अवस्था सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ९९९ पाठक संख्या

काठमाडौं । डुकम गन्तव्यविहीन यात्रामा बालबालिकास् बालसंरक्षण राष्ट्रिय अभियान र राष्ट्रिय बाल संरक्षण सञ्जाल को संयुक्त आयोजनामा कोभिड १९ पश्चात यात्रामा रहेका बालबालिकाको सवालमा विभिन्न सरोकारवाला निकायहरु संग छलफल गरेको छ । उक्त छलफल कार्यक्रममा राष्ट्रिय बाल संरक्षण सञ्जाल, बालबालिका शान्ती क्षेत्र राष्ट्रिय अभियान, कन्र्सोर्टियम नेपाल, गल्र्स कोलिसन लगायत विभिन्न संस्थाका अध्यक्षहरु, बालअधिकारकर्मीहरु, सरकारी तथा गैरसरकारी निकायका व्यक्तित्वहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डुकमकी अध्यक्ष कविता शाहले यात्रामा रहेका बालबालिकाहरुले भोग्नु परिरहेको जोखिमका बारेमा जानकारी गराउनुका साथै उनीहरुको पहिचानको अधिकारबाट बञ्चितिकरण, निशुल्क शिक्षा तथा स्वास्थ्यको अधिकारबाट बञ्चितिकरण, असुरक्षित, अलिखित र अन्योलपुर्ण आवागमन, यात्रामा संरक्षण व्यवस्थाको अभाव, स्वैच्छिक, सुरक्षित र सहज घर फिर्तिको व्यवस्थाको अभाव र गन्तव्य स्थलमा यात्रु एवं बालबालिका सहायता तथा सूचना केन्द्रको अभावका बारेमा प्रष्टर्‍उनु भएको थियो साथै स्थानिय सरकारहरुले आफ्नो क्षेत्रमाबसोबास गरिरहेकावाआफ्ना क्षेत्रबाट बाहिर गएकाबालबालिकाहरुको अवस्था सहितको तथ्याङ्क नियमित रुपमा सङ्कलन र अद्याबधिक गर्ने कार्य लाई नीतिगत रुपमा व्यवस्था गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै सुझाब दिनु भएको थियो ।

नेशन्लचाईल्ड रिपोर्ट सन् ०१ का अनुसार ५८.५ प्रतिशत बालबालिका विभिन्न पारिवारिक कारणले यात्रारत हुने गरेको पाईएको छ ।
यसैगरी राष्ट्रिय बाल संरक्षण संजाल ९एन।सि।पि।ए०।का अध्यक्ष प्रकाश खतिवडाले नेपालमा लाखौं बालबालिका सुरक्षित गन्तव्य र भविष्यका लागि यात्रारत रहेको जानकारी गराउनु हुदै ती बालबालिकाले घर गुमाएको आफन्त र परिवार बाट बिछोडिएको तथा हिंसा, दुव्र्यवहार र विपत्तिको समना गर्नु परेको उल्लेख गर्नु भयो । उहाले राष्ट्रिय बाल संरक्षण संजालले बाल श्रमको अन्त्य, बाल संरक्षण प्रणालिको सुदृढिकरण र बिपदमा बालबालिकाको प्राथमिकिकरण लगायत बाल संरक्षणको सबालमा डु कम लगायतका राष्टिय संजाल संग सहकार्य गरिने समेत बताउनु भएको थियो ।

कार्यक्रममा उपस्थीत सहभागी हरुले राष्टिय परिचयपत्र तथा पन्जिकरण ऐन २०७६ ले निर्दिष्ट गरे बमोजिम सबै बालबालिका जहाँ छन् तिनले त्यहीँको स्थानिय सरकारबाट जन्मदर्ता गर्न पाउने नीतिगत व्यवस्था , स्थानियतहका सरकारहरुले अस्थायी बसोबास, जन्मदर्ता नभएका वा अन्यत्रको स्थायी बासिन्दा भएका भए पनि आप्रवासी बालबालिकाहरुको निशुल्क र अनिवार्य आधारभुत शिक्षा, निशुल्क आधारभुत स्वास्थ्य, स्थानीय खेलकुद, मनोरञ्जन तथा बाल समुहमा सहभागिताको अधिकारलाई लागू गर्ने व्यवस्था, वसपार्कहरुमा आईपुगेका बालबालिका तथा नयाँयात्रुहरुको सुरक्षा का लागि र आवश्यक सहायता प्रदान गर्न का लागि नगरपालिकाहरुले आफ्ना नगर क्षेत्र भित्र स्थापना तथा सञ्चालन गरेका बसपार्क हरुमा अनिवार्य रुपमा २४ घण्टे सेवा, निशुल्क टेलिफोन, पानी, आरामगर्ने स्थान तथा प्रहरी सुरक्षा सहितका यात्रु एवं बालबालिका सहायता एवं सूचना केन्द्र सञ्चालन गर्न पर्ने नीतिगत व्यवस्था लागु गर्न र स्थानिय तहहरु लाई सुझाएका थिए । कार्यक्रममा डुकम का कोकन्भेनर मुस्काक अलिराई, एन ए सि जि का राष्ट्रिय उपाध्यक्ष किरण थापा, बिभिन्न राष्ट्रिय संजालका अध्यक्षहरु ऋतु भट्ट राई, कृष्ण चन्द्र आचार्य, राजेश शर्मा, मोहन दंगाल, रसना ढकाल, लगायतले बालबालिकाको संरक्षणको सवालमा स्थानीय, प्रदेश र संघिय सरकारको चिन्ता र चासोको बिषय बन्नु पर्छ, हामी नागरिक समाज सरकारलाई सकारात्मक सहयोग गर्न तयार छौ भन्नु हुदै सरकारको प्राथमिकिकरणमा पार्न आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा साथसाथ, रुसुफ नेपाल, बाल कल्याण समाज मकबानपुर, स्वतन्त्रता अभियान, गुडबेभ फाउण्डेशन, चाईल्ड नेपाल, आसमान नेपाल, भ्वाईस अफ चिल्डे«न, चेन्ज नेपाल, लैगिंक हिंसा नियन्त्रण संजाल, वि फर चेन्ज, चंगा फाउन्डेशन, सिपिओ सर्लाहि, युम्स्, सिबिस लगायत २६ बटा संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस