२०८३ बैशाख ८, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका ९ विद्यार्थीले एसईईमा ल्याए ४ जिपिए

२०८२ अषाढ १४, शनिबार प्रकाशित ( महिना अघि) १०८३ पाठक संख्या

कावासोती । नवलपुरका ९ जना विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा उच्चतम ग्रेड ४ जिपिए प्राप्त गरेका छन्।

शुक्रबार सार्वजनिक नतिजाअनुसार, सामुदायिक विद्यालयका ५ र संस्थागत विद्यालयका ४ जना गरी ९ जनाले उपलब्धि हासिल गरेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा ज्ञानोदय मावि कावासोती–८ का आयुष ढकाल, नवजागरण मावि चोरमाराकी अनुस्का बस्याल, सरस्वती संस्कृत तथा साधारण मावि हुप्सेकोटकी जस्मिन कंडेल, विश्वज्योति मावि प्रगतिनगरकी लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माविकी अन्जु श्रेष्ठ, जनता मावि हर्कपुरकी अंकिता अधिकारी, ब्लुस्टार मावि दुम्किबासकी बृन्दा गुप्ता र मुनलाईट आदर्श पब्लिक एकेडेमी देवचुलीकी रोशा नेपाली रहेका छन्।

यस वर्ष जिल्लाबाट ५ हजार ७ सय ७० विद्यार्थी एसईईमा सहभागी भएका थिए। तीमध्ये ४ हजार ६५ जनाले ग्रेडिङ प्राप्त गरेका छन्, जुन कुल परीक्षार्थीको ७०।४५ प्रतिशत हो।

नवलपुरका ८७ वटा सामुदायिक, ४९ वटा संस्थागत, ५ वटा धार्मिक र १ खुला विद्यालय गरी १ सय ४२ विद्यालयबाट विद्यार्थी परीक्षा दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस