२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको बुलिङटारका कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ माघ १३, बिहिबार प्रकाशित ( साल अघि) १३०३ पाठक संख्या

कावासोती ।  भरतपुर अस्पतालमा उपचारत ४६ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नवलपुरको बुलिङटारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बुलिङटार गाउँपालिका वडा नं १ बस्ने पुरुषको कोभिडका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वाशप्रश्वास सम्बन्धि समस्या देखिएपछि १० माघमा भर्ना भएका थिए । उनलाई  भर्ना भएको सोही दिन संक्रमण पुष्टि भएको थियो। उनको उपचारको क्रममा हिजो राति  ११ बजे  मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस