२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

माता मनकामनाको महिमा !

२०७५ मंसिर २६, बुधबार प्रकाशित ( साल अघि) १४९२ पाठक संख्या

मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थान हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती वा देवी  रुपमा मनकामनालाई पुजिन्छ ।

मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । मानिसहरु अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन् ।

मनकामना माईका पुजारीका अनुसार, राजा रामशाहा (वि.सं. १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिइन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् ।

त्यसपछि राजा अचानक विरामी भई स्वर्गिय भए । उनको अन्तेष्टि मस्र्याङदीनदीको–दरौदी दोभान रामशाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गइन । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, ‘तिम्रो इच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु’ भनेर भनिन रे ।

त्यसको सात महिना पछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दुध र रगत बग्न थालेछ । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो ।

सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान भएको पुजारीले भनाइ छ ।

नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावसँग जोडिएको मन्दिर गोरखा जिल्लाको पवित्र स्थल मनकामना गाविसमा मनकामना शक्तिपीठ रहेको छ । दसैंको महाष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरिन्छ ।

यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ । यस शक्तिपीठमा सम्पूर्ण मनोकांक्षा पुरा गर्न देशविदेशबाट भक्तजनहरू वर्षभरी नै आउने गर्छन् ।

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहि आएको छ । यहाँ विशेषताः अष्टमीका दिन बली चढाइन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस