२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कोरोनाविरुद्धकाे चमत्कारी बिरुवा ‘तितेपाती’

२०७८ बैशाख १५, बुधबार प्रकाशित ( साल अघि) ५१६६ पाठक संख्या

तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी वनस्पती हो । यो मध्य पहाड तथा तराइमा पाइन्छ।  तितेपातीका विभिन्न प्रजाति भए तापनि नेपालमा ६ प्रजातिका उपलब्ध छन् । पूर्वी अफ्रिकी मुलुक, मदागस्करले कोरोना भाइरसविरुद्ध एक चमत्कारी बिरुवाको प्रयोग तितेपातीलाई घोषण गरेको छ । मदागस्करका राष्ट्रपतिले गत अप्रिलमै यससम्बन्धी ट्रायल सञ्चालन भइरहेको र कोभिड विरुद्ध यो अर्गानिक पेय पदार्थ प्रभावकारी भएको दाबी गरेका थिए ।

तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । सुकेको तितेपातीमा पाइने सक्रिय तत्वलाई ‘आर्टेमिसिनिन’ पनि भनिन्छ जसले मलेरिया विरुद्ध काम गर्छ । १९७० मा मलेरिया विरुद्धको औषधि सम्बन्धी खोज गर्दा चिनियाँ वैज्ञानिकहरुले पहिलोपटक यसको गुण पत्ता लगाएका थिए । बीबीसीले बनाएको एक रिपोर्टमा विश्व स्वास्थ्य संगठन, डब्लूएचओले भने तितेपातीले कोरोनाका बिरामीलाई फाइदा पुग्ने भए पनि त्यस्तो प्रमाण भने नभएको बताएको उल्लेख गरेको छ ।

तितेपातीको यस्ता छन् फाइदाहरू:

-तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।

-कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।

-सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला एक चिया चम्चा चिसो पानीमा मिसाएर सरासर ७ दिन सम्म खाँदा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुँदैन ।

-जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।

-विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा -प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।

-युरिक एसिड भएकाहरूले बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउँदा तीन–चार दिनमै सन्चो हुन्छ ।

-तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।

-बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस