२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दर्पण एफएमको अध्यक्षमा अधिकारी सर्वसम्मत निर्वाचित

२०७७ फागुन २२, शनिबार प्रकाशित ( साल अघि) २३१८ पाठक संख्या

चोरमारा । सामुदायिक रेडियो दर्पण एफ.एम. ९९.२ मेगाहर्जको सञ्चालक संस्था मध्यनेपाल सुचना तथा सञ्चार सहकारी संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा भिमलाल अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

संस्थाको आज सम्पन्न अधिवेशनबाट अधिकारी अध्यक्ष पदमा पुनः सर्वसम्मत निर्वाचित हुनु भएको हो । आज चोरमारा बजार बिकास समितिको सभाहलमा भएको निर्वाचित पदाधिकारीहरुको घोषण कार्यक्रममा निर्वाचन समिति संयोजक धनन्जय शर्माले १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिमा सर्वसम्मत रुपमा नेतृत्व निर्वाचित भएको घोषणा गर्नुभयो ।

नवनिर्वाचित कार्यसमिति उपाध्यक्षमा देवलाल काफ्ले, सचिवमा अर्जुन पंगेनी र कोषाध्यक्षमा दिपा पंगेनी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा प्रकाशचन्द्र पंगेनी, धु्रब प्रसाद तिवारी, सरस्वती पन्थी, दिपक पंगेनी, लक्ष्मी कुँवर, सिता पाठक देवकोटा, बिजय प्रसाद पाठक, अर्जुन पुरी र लेखनाथ भट्टराई निर्वाचित हुनु भएको छ ।

संस्थाको लेखा समिति संयोजकमा उदयराज अर्याल, देवीलाल पाठक र टिकाराम तिवारी निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई आज नै निर्वाचन समिति संयोजक शर्माले सपथ ग्रहण गराउनु भएको छ । उहाँहरुलाई गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनार, मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महतो सहितका अतिथिहरुले खादा र अविर लगाएर सम्मान तथा बधाई व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनारले नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्ययामको संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले रेडीयोको शेयर सदस्य आफु पनि भएको भन्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तोले नगरपालिकाको समग्र चित्रण गर्ने सञ्चार माध्ययाम दर्पण एफ एमले गरेको कार्यको प्रसंसा गर्नुभयो । नगरपालिकाका जनप्रतिनिधीहरुलाई समेत यस एफ एममले घच्घचाउने काम गरेको भन्दै यसको संरक्षणका लागि आफुहरु समेत प्रयत्नशिल रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै समितिका पुर्व सल्लाहाकार समिति पदम लम्सालले एफ एम ले दिएको सुचना प्रवाहाले धेरै क्षेत्रमा परिर्वतन आएको बताउनुभयो । बिहानको समय र रातको समयलाई अझैकेहि घण्टा थपेर प्रसारण गर्न सकियो भने झन राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संचालक समिति सदस्य प्रकाश चन्द्र पंगेनिले समग्र सञ्चार क्षेत्रको बिकासमा कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मध्यविन्दु–७ का वडा सदस्य मधुविलाश अधिकारीले स्थानीय स्रोताहरुको मन जित्न रेडियो सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष भिमलाल अधिकारीले सुन्दर अभियान र सोचको साथ स्थापित सामुदायिक रेडियोको बिकासको लागि सहयोग गर्ने सबै शेयर सदस्य, स्थानीय जनप्रतिनिधि, व्यवसायिहरुलाई धन्यवाद व्यक्त गर्दै सबैको भावना समेटेर अगाडी बढ्ने बताउनुभयो । उहाँले मध्यविन्दु नगरीमा सञ्चार प्रतिष्ठानको स्थापना त्यसको सञ्चालन सहितको योजनाबाट स्थापित सहकारी मार्फत सञ्चारको क्षेत्रमा नयाँ आयमहरुलाई भित्राउन क्रियाशिल रहने बताउनुभयो । कार्यक्रममा पूर्व कार्यसमिति, सल्लाहाकार समिति, कानुनि समिति, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस