२०८३ आश्विन ३, शनिबार
नयाँ
पछिला अपडेट

म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरू माथि पनि सेनाले चलायो गोली

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) १७९३ पाठक संख्या

म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार  आर्थिक राजधानी यंगुननजिकैको  बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएका हुन्।

सुरक्षाकर्मीको गोली लागेर हताहती भए/नभएकोबारे भने खुलिसकेको छैन।

‘हामीले उनका लागि क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आए र गोली चलाए,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्,‘गोली चल्न थालेपछि हामी भाग्यौं।’

शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए।

छुट्टै घटनामा आइतबार सेनाको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस