२०८२ फागुन १, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपाल बोसिया संघको नयाँ कार्यसमिति चयन

२०८२ आश्विन १२, आईतबार प्रकाशित ( महिना अघि) ११४५ पाठक संख्या

काठमाडौँ । नेपाल बोसिया संघको १७ औं साधारणसभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

अध्यक्षमा गोमा देवी पौडेल, उपाध्यक्षमा रविन्द्र खत्री, महासचिवमा महेश्वर घिमिरे, सचिवमा बिना कुमारी काफ्ले अधिकारी, कोषाध्यक्षमा लक्ष्मी राना मगर र सदस्यमा देव कुमारी पराजुली, शोभा विष्ट, हेनु कुमारी ढुंगेल र सुशीला मल्ल निर्वाचित भए।

सन् २०६४ सालमा स्थापना भएको संघले अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमार्फत समाजमा पुनःस्थापना गर्न योगदान गर्दै आएको अध्यक्ष गोमा पौडेलले बताइन्।

उनका अनुसार मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, स्पाइनल कर्ड इन्जुरी र स्पाइनल बिफिडा भएका ह्विलचेयर प्रयोगकर्तालाई खेलकुदमार्फत सशक्त बनाउनु संघको मुख्य उद्देश्य हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस