२०८२ भाद्र १८, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

२०८२ भाद्र १८, बुधबार प्रकाशित ( घण्टा अघि) १५१ पाठक संख्या

देवचुली । देवचुली नगरपालिका–१५ लोकाहा स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

गए राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा कन्टेनर चालक सुस्ता गाउँपालिका–१ निवासी ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी कन्टेनरका सह–चालक चितवन राप्ती नगरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका–११ निवासी ३० वर्षीय बिच बहादुर थिङको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ। दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस