२०८२ श्रावण १८, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना : १५ जना यात्रु घाइते

२०८२ श्रावण १८, आईतबार प्रकाशित ( घण्टा अघि) ३१० पाठक संख्या

नवलपुर — कावासोती नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ सवा ६ बजेतिर बस दुर्घटना हुँदा १४–१५ जना यात्रु घाइते भएका छन्।

डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा अन्दाजी २५–३० जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल उद्दार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा तथा पुरानो मेडिकल कलेज, भरतपुर चितवनतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस