२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

२०८२ अषाढ ३, मंगलबार प्रकाशित ( घण्टा अघि) ५८५ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका–१५ सिमरास्थित भित्री सडकखण्डमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ना ७ त २९६७ नम्बरको ट्याक्टर सिमरास्थित गिरुबारी खोला तर्ने क्रममा अनियन्त्रित भई खोलामा पल्टिँदा ट्याक्टरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा मध्यविन्दु–१५ की ३६ वर्षीया यमकुमारी थनेत थारू रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार अन्य तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनापछि मृतकका श्रीमान् तथा ट्याक्टर चालक ४२ वर्षीय दोरन थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%७%

प्रतिक्रिया दिनुहोस